अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्ध तत्काल नहटाउने

 असोज १०, २०७८ आइतबार ७:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ ।

दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो ।

प्रतिबन्ध कायमै राखेको अमेरिकाले विभिन्न निकायहरुलाई अफगानिस्तानमा आवश्यक मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ ।

अफगानिस्तानमा हजारौँ नागरिकलाई सहयोगको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले यसअघि नै बताउँदै आएको छ । प्रतिबन्धका कारण अवस्था झन् बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

२० वर्षपछि अमेरिकी सेना फिर्ता भएसँगै तालिबान समूहले गएको महिना अफगानिस्तानमा कब्जा गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया