अफगानिस्तानकाे हेलमन्ड प्रान्तका नाऊहरूलाई दाह्री नकाट्न तालिबानकाे उर्दी

 असोज ११, २०७८ सोमबार १५:९:२३ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा नाऊहरूमाथि दाह्री काट्न र मिलाउन प्रतिबन्ध लगाएको छ । दाह्री काट्नु र मिलाउनु इस्लामको कानुनले गरेको व्याख्याको उल्लङ्घन हुने तालिबानले बताएको छ । 

यस नियमको उल्लङ्घन गर्ने जोकोहीलाई सजाय दिइने तालिबान धार्मिक प्रहरीले भनेको छ । 

अफगानिस्तानको राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तो आदेश प्राप्त भएको बताएका छन् । 

यस निर्देशनबाट अफगानिस्तानमा तालिबानको पुरानो कडा शासन फर्किएको सङ्केत गरेको छ । यद्यपि तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो । 

गएको महिना सत्ता हातमा लिएयता तालिबानले विपक्षीविरूद्ध कडा कारबाही गर्दै आएको छ । 

गएको शनिवार तालिबान लडाकुहरूले चार जना सन्दिग्ध अपहरणकारीलाई गोली प्रहार गरेर मारिदिएका थिए र उनीहरूको शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो । 

दक्षिणी हेलमन्डका सैलुनबाहिर टाँसिएका सूचनामा तालिबान अधिकारीरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन पालना गर्नुपर्ने उल्लेख छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया