नेप्से ७३ अङ्कले घटेर २७ सय विन्दुभन्दा तल, कारोबार रकम पाँच अर्ब रुपैयाँमै सीमित

 असोज ११, २०७८ सोमबार १५:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार ६१ अङ्कले घटेको शेयर बजार आज साेमवार पनि ७३ अङ्कले घटेको छ । सबै समूहको शेयर आरोलो लागेपछि नेप्से ७३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६ सय ८५ दशमलव ४३ विन्दुमा झरेको छ । 

आज बीमा, फाइनान्स, जलविद्युत्, होटल र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै बढेर हरियो देखिएको छ । 

आज गुडविल फाइनान्स, पोखरा फाइनान्स, नेपाल फाइनान्स, युनाइडेट मर्दी हाइड्रो, कालिका पावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । 

आज एक करोड चार लाख ७८ हजार कित्ता शेयर पाँच अर्ब १२ करोड रुपैयाँ कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो १५ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया