जर्मनी : सङ्घीय संसद् चुनावमा एसपीडी विजयी, मर्केलकाे पार्टी दाेस्राे

 असोज ११, २०७८ सोमबार २०:२५:७ | एजेन्सी
unn.prixa.net

साेसल डेमाेक्र्याटिक पार्टीका ओलाफ स्काेल्ज

काठमाण्डाै – जर्मनीमा भएको सङ्घीय संसद्को चुनावमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) विजयी भएको छ । एसपीडीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ ।

सबै जिल्लाबाट प्राप्त विवरणलाई रुजु गरेर अन्तिम रूप दिएपछि यस्तो विवरण देखिएको आयोगले जनाएको छ । एसपीडीलाई पछ्याएको क्रिश्चियन सोसल युनियन पार्टीले २४ दशमलव प्रतिशत मत ल्याएर संसदमा दोस्रो ठूलो दल भएको छ । यो पार्टी चान्सलर एङ्गेला मर्केलको हो ।

तेस्रो भएको द ग्रिन्स पार्टीले १४ दशमलव आठ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

यसैबीच नयाँ गठन भएको संसद्ले नयाँ चान्सलर चयन गर्ने छ । झन्डै १६ वर्ष चान्सलर बन्नुभएकी एङ्गेला मर्केलले बिदा लिएपछि नयाँ चान्सलर निर्वाचित गर्नुपर्ने भएको हो ।

मर्केलको उत्तराधिकारीले नै नयाँ सरकार पनि गठन गर्ने छन् । नयाँ संसद् गठनका लागि गएको शनिवार मतदान भएको थियो । ६७ वर्षीया मर्केल बिदा भएसँगै कतिपयले जर्मनीको साख उस्तै रहनेमा शङ्कासमेत गरेका छन् ।

बहुप्रतिभाशाली मर्केल दुनियाँकै लागि उदाहरणीय पात्र मानिनुहुन्छ । विशेषगरी युरोपेली युनियनको सफल सञ्चालनमा उहाँको भूमिका अब्बल रहेको पाइन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया