कन्हैया कुमार कांग्रेसमा प्रवेश

 असोज १२, २०७८ मंगलबार १९:८:२३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्र सङ्घका पूर्वअध्यक्ष एवम् भारतीय कम्युनिस्ट पार्टी सीपीआई का नेता कन्हैया कुमार आज औपचारिक रूपमा कांग्रेस पार्टीमा समावेश हुनुभएको छ । 

कन्हैया कुमारसँगै गुजरातका युवा नेता जिग्नेश मेवाणी पनि कांग्रेसमा समावेश हुनुभएको हो । मेवाणी अहिले गुजरातको वडगाम सिटबाट निर्दलीय विधायक हुनुहुन्छ । 

पार्टी प्रवेशपछि कन्हैया कुमारले भन्नुभयो, ‘केही व्यक्तिको हातमा यस देशको सत्ता कब्जा भएको र यस देशको भविष्य बिगार्ने कोसिस भइरहेको महसुस गर्दै म कांग्रेसमा जोडिएको हुँ ।’

भर्खरैमात्र कन्हैया कुमारले राहुल गान्धीसँग भेट गर्नुभएको थियो जसका कारण कन्हैया कुमार राहुल गान्धीको पार्टीमा समावेश हुने चर्चा चलेको थियो । 

कन्हैया कुमार कम्युनिस्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारबाट सदस्य हुनुहुन्थ्यो । 

कन्हैया कुमार बिहारको बेगूसरायसँग सम्बन्ध राख्नुहुन्छ । सन् २०१९ को लोकसभा चुनावमा उहाँ बेगूसरायबाट चुनावमा उठ्नु पनि भएको थियो तर बीजेपीका गिरिराज सिंहले कन्हैया कुमारलाई ठूलो अन्तरले हराउनुभएको थियो ।

लोकसभा चुनावताका जिग्नेश मेवाणीले पनि बिहारमा कन्हैया कुमारको समर्थनमा प्रचार गर्नुभएको थियो ।

मिडिया रिपोर्ट्सका अनुसार चुनावी रणनीतिकार प्रशान्त किशोर सन् २०२४ को लोकसभा चुनावअघि यसरी सबैभन्दा पुरानो पार्टीलाई नयाँ रूप दिने कोसिस गरिरहनुभएको छ ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया