उत्तर काेरियाले गर्‍याे हाइपरसोनिक मिसाइल परीक्षण

 असोज १३, २०७८ बुधबार ११:१४:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – उत्तर कोरियाले आफूले हाइपरसोनिक मिसाइलको परीक्षण गरेको बताएको छ । उत्तर कोरियाको सरकारी मिडियाले 'ह्वासङ– ८' नामको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको हो ।

विगत पाँच वर्षमा गरिएको हतियार परीक्षणमा यो निकै महत्वपूर्ण भएको दाबी पनि उत्तर कोरियाले गरेको छ । गएको जनवरीमा नै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले हाइपरसोनिक मिसाइलका लागि वैज्ञानिकहरुले काम गरिरहेको जनाउ दिनुभएको थियो । उत्तर कोरियाले हिजो विहान जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरेको थियो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया