आईएमई पे र नियोटेरिक नेपालबीच सम्झाैता, 'दशैँ क्याम्पियन' सुरु

 असोज १३, २०७८ बुधबार २०:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्धित ‘आईएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई डिजिटल सोलुशन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता गरिएसँगै नेपालीहरूको महान् चाड दशैँ र तिहारलाई लक्षित गरी दशैँ क्याम्पियन पनि सुरु भएको छ । दशैँ क्याम्पियन असोज ११ देखि कात्तिक २० गतेसम्म लागू हुनेछ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आईएमई पेमार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै निःशुल्क डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा आईएमई डिजिटल सोलुशन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुण श्रेष्ठले नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आईएमई पेबाट भुक्तानी गरी सेवाग्राहीले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले दशैँ लक्षित यो योजना सफल बनाउन सबैलाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 

एक महिनाको योजनामा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आईएमई पेमार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले IIFE Zed Air hs14 Laptop जित्न सक्ने र कुनै पनि Logitech, rapoo, rico, ideakard, senheiser खरिदमा आईएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको अफर रहेको छ । साथै One Plus Phone​ खरिद गर्दा Hifuture Earbuds Tidybus सित्तैमा पाउन सकिनेछ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया