गुलाब नामक चक्रवातका कारण महाराष्ट्रमा १२ जनाको ज्यान गयो

 असोज १४, २०७८ बिहिबार ७:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गुलाब नामक चक्रवातका कारण भारतकाे महाराष्ट्रको जनजीवन प्रभावित भएको छ ।

महाराष्ट्रको कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । त्यहाँ दुई दिनमा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा  चक्रवातको प्रभाव धेरै परेको छ । मुम्बई अहमदाबादकाे राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ ।

चक्रवातकाे गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएका छ । चक्रवातका कारण यसअगाडि ओडिसा, मध्यप्रदेश, छत्तिसगढ, तथा आन्ध्रप्रदेशमा जनधनको नोक्सानी भएकाे थियो ।

प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको छ । गएको शनिवार बङ्गालको खाडीमा चक्रवात बनेपछि भारतका विभिन्न राज्यमा लगातार पानी पर्ने र तीव्र गतिमा हावा चल्दा जनजीवन प्रभावित बनेको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया