तालिबानसँगको सम्झौताका कारण अफगान सरकार छिट्टै ‘कोल्याप्स’ भयो : अमेरिका

 असोज १४, २०७८ बिहीबार १२:३४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तालिबानसँग अमेरिकाले गरेको सम्झौता अफगान सरकार छिट्टै ‘कोल्याप्स’ हुनुको कारक रहेको अमेरिकाका सुरक्षा अधिकारीहरुले बताएका छन् । 

अमेरिकाको माथिल्लो सदन सिनेटको सशस्त्र सेवा समितिमा भइरहेको सुनुवाइको क्रममा सुरक्षा अधिकारीहरुले तालिबानले अफगानिस्तान तीव्र गतिमा कब्जा गर्नुको पछाडि अमेरिकाले सन् २०२० मा तालिबानसँग गरेको सम्झौता कारक रहेको बताएका हुन् । सन् २०२० को फेब्रुअरीमा कतारको दोहामा भएको सम्झौताले अमेरिकी सैनिक फिर्ताको मिति तय गरेको थियो ।

रक्षामन्त्री लोयड अस्टिनले पनि सम्झौताले तालिबानलाई थप बलियो हुन सहयोग गरेको बताएका बीबीसीले जनाएको छ ।  कतारको दोहामा भएको सम्झौतामा अमेरिकी सैनिक फिर्ताको समय सीमासँगै तालिबानले अल कायदासहितका आतङ्ककारी समूहलाई आश्रय नदिनेलगायत सहमति भएको थियो ।

डोनाल्ड ट्रम्पको पालामा भएको सहमति राष्ट्रपतिमा निर्वाचित भइ सत्तामा आएका जो बाइडेनले पनि निरन्तरता दिनु भएको थियो ।  सहमतिअनुसार अमेरिकी सैनिक मे अन्तिममा फिर्ता हुनुपर्ने थियो । बाइडेनले त्योे समय बढाएर अगस्ट ३१ तारिख पुर्याउनु भएको थियो ।

तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेको थियो । अहिले अफगानिस्तानमा तालिबानको सरकार छ । तालिबानकाे कब्जा पछि अधिकार र सुरक्षाबाट महिलाहरु वञ्चित भएको भन्दै अहिले विरोध भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया