हिजाे ५० अङ्कले बढेकाे शेयर बजार आज ३२ अङ्कभन्दा धेरैले घट्यो

 असोज १४, २०७८ बिहीबार १५:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार कारोबार मापक नेप्से आज ३२ अङ्कभन्दा धेरैले घटेको छ । हिजो ५० अङ्कले बढेको शेयर बजार आज ३२ दशमलव ५१ अङ्कले घटेर २ हजार ६ सय ३३ अङ्कमा आइपुगेको छ । 

आज विकास बैंक समूहको शेयर एक सय ५५ अङ्क, हाइड्रोपावरको ८२, फाइनान्सको ६८, निर्जीवन बीमाको १०४ अङ्क, माइक्रोफाइनान्सको ३८ र जीवन बीमा समूहको शेयर १०१ अङ्कले घटेको छ । समग्र बजार घटे पनि व्यापार समूहको शेयर ११८ अङ्कले बढेको छ ।

आज गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनरको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार घट्दा पनि नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्तीय वित्तीय संस्था र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २५ कम्पनीका ७३ लाख २१ हजार कित्ता शेयर तीन अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया