एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत

 असोज १५, २०७८ शुक्रबार ८:१२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेकाे छ । 

जीबीओ अवार्ड अन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ काे अवार्ड जित्नु भएकाे हाे। 

लण्डनमा रहेकाे प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ्ग, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्ताहरूलाई दिइन्छ ।

कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ । 

एनसेल ‘वर्ल्ड कम्यूनिकेशन अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ । यो पुरस्कारकाे घोषणा  आउँदाे अक्टोबर २६ र २७ मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लण्डनमा गरिनेछ ।

‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ ।

पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लण्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ ।

एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले भन्नुभयाे, 'एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सामाजिक पहल अन्तर्गत हामीले समुदायहरूमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप यो अवार्ड पाएकोमा हामी निकै हर्षित छौँ ।'

सही कामहरूमा मात्र केन्द्रित हुने चोङको कार्यशैलीको नतिजा अनुरूप एनसेलले सामाजिक योगदानको मामिलामा उदाहरणीय काम गर्न सफल भएको छ ।

कोभिड–१९ महामारीको जोखिमका बीच पनि उहाँको प्राथमिकता आफ्ना ग्राहक, पार्टनर र कर्मचारीहरुको स्वास्थ्य सुनिश्चितता र सरकारलाई यस महामारीमा सहयोग गर्नेमा रहेको छ ।

‘टेलिकम सीईओ अफ दि इयर’को सम्मानले एनसेलमा चोङले सहानुभूति पूर्ण र सङ्गठनात्मक संस्कृति निर्माणमा निभाएको नेतृत्वदायी भूमिकालाई झल्काउँछ । कम्पनीको स्पष्ट लक्ष्य राख्दै उहाँले कर्मचारीहरूलाई प्रेरणा प्रदान गरिरहन्छन् । 

चोङको नेतृत्वमा एनसेलको प्रमुख प्राथमिकता डिजिटलाइजेसन रहँदै आएको छ । कम्पनीले सन् २०२५ सम्ममा डिजिटल सेवा प्रदायक कम्पनीको रूपमा स्थापित हुने लक्ष्यका साथ काम गरिरहेको छ ।

ग्राहकमाझ उच्चस्तरीय तथा नवीन सेवाहरू ल्याउने प्रतिबद्धताअनुरुप चोङले कम्पनीलाई भीओएलटीई सक्षम बनाउनु भएकाे छ । साथै उच्च गुणस्तरीय, आधुनिक र सुलभ दरमा ग्राहकलाई सेवा सुनिश्चित गर्न ९०० मेगाहर्ज ब्यान्डमा फोरजी सेवाको कभरेज अझै फराकिलो र इन्डोर कभरेजमा पनि थप सुधार गरिएको छ ।

चोङसँग मलेसिया, सिङ्गापुर र इन्डोनेसियामा सीईओका साथै सेल्स एन्ड मार्केटिङ, टेक्निकल एन्ड अपरेसन्स् र फाइनान्सका क्षेत्रमा शीर्ष व्यवस्थापन पदहरूमा रही काम गरेको लामो अनुभव छ ।

सन् २००८ मा आजियाटा ग्रुपमा आबद्ध भएका चोङले सन् २०१४ सम्म सिनियर भाइस प्रेसिडेन्ट एन्ड हेड अफग्रुपमा र्केटिङ एन्ड अपरेसन्सका रूपमा काम गर्नु भएकाे थियाे । सन् २०१६ मा उहाँ अन्तरिम चिफ कमर्सियल अफिसर र २०१८ मा चिफ कमर्सियल अफिसरको रूपमा एनसेलसँग आबद्ध हुनुभएकाे थियाे । 

उहाँले २०१९ नोभेम्बरदेखि सीईओ/प्रबन्ध निर्देशकको भूमिकामा कार्यभार सम्हाल्दै आउनु भएकाे छ । चोङले मोनास युनिभर्सिटी अस्ट्रेलियाबाट जेनरल म्यानेजमेन्टमा एमबीए र इलेक्ट्रोनिक र कम्प्युटर सिस्टममा स्नातक गर्नुभएकाे छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया