सुनको भाउ एकैदिन ९ सय रुपैयाँले बढ्यो

 असोज १५, २०७८ शुक्रबार ११:१२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।

केही दिन लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । अस्ति भन्दा हिजो तोलामा २ सय रुपैयाँ घटेर हिजो सुनको भाउ तोलामा ८८ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया