अस्ट्रेलियाले आउँदो नोभेम्बरदेखि १८ महिना बन्द रहेको सीमा खोल्ने

 असोज १५, २०७८ शुक्रबार १९:५२:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अस्ट्रेलियामा कोरोना महामारी फैलिएको एक वर्षभन्दा धेरै समय अर्थात् १८ महिनापछि पहिलो पटक आफ्नो देशमा प्रवेश गर्न दिने गरी आउँदो नोभेम्बरदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्दैछ । 

अहिले आफ्ना नागरिक र विशेष छुट प्राप्त व्यक्तिलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको बीबीसीले जनाएको छ । 

अस्ट्रेलियामा गएको वर्षको मार्चमा कोरोना सङ्क्रमणका कारण कडा सीमा नियम लागू गरिएको थियो । यहाँसम्म कि देशका नागरिकलाई नै देशबाट बाहिर जान प्रतिबन्ध थियो । 

कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि यस नीतिको सराहना पनि गरिएको थियो तर परिवारबाट टाढा हुनु परेका कारण यसको आलोचना पनि भएको थियो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कुनै राज्यमा खोप लगाउनेको सङ्ख्या ८० प्रतिशत पुगेपछि त्यहाँका नागरिकले यात्रा गर्न सक्ने बताउनुभएको छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया