तथ्याङ्कमा आधारित भएर शासन गर्नु नै सुशासन हाे : याेजना आयाेगका उपाध्यक्ष पाैडेल

 असोज १५, २०७८ शुक्रबार २०:१६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताउनुभएको छ । उपाध्यक्ष पौडेलले देशलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयाे । 

नेपाल उद्योग परिसङ्घले आज शुक्रवार काठमाण्डाैमा सार्वजनिक गरेको ‘इन्डस्ट्री स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उहाँले केन्द्रीय तथ्याङ्क विभागलाई पनि यथार्थमा आधारित तथ्याङ्क सङ्कलनको काममा जोड दिन सचेत गराउनुभयो । उपाध्यक्ष पौडेलले तथ्याङ्कमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराउँदै त्यस काममा उद्योगी, व्यवसायीहरूको पनि ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तथ्याङ्कमा आधारित भएर शासन गर्नु नै सुशासन हो । हुकुमी शासनमा मात्रै तथ्याङ्कहरूकाे जरुरी पर्दैन । तथ्याङ्कमा आधारित भएर काम गर्नु भनेको राम्रो हो । म तथ्याङ्क विभागलाई पनि तथ्याङ्कको काम गर्न आग्रह गर्दछु ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष सतीश मोरले उद्योग, व्यवसाय सञ्चालनका लागि विद्युतमा लगाइएको महसुल दर घटाउन सरकारसँग माग गर्नुभयो । उहाँले विद्युत् महसुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापारसमेत बढेर जाने बताउनुभयाे । 

पूर्वअध्यक्ष मोरले विद्युत् महसुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित वस्तुमा निर्भर हुनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले उद्योगहरू सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औल्याउँदै आएको छ । देशकाे व्यापार घाटा कम गर्न र बेरोजगारी समस्या समाधान गर्न पनि सरकारले उद्योग व्यवसायमैत्री वातावरण निर्माणमा ढिलाइ गर्न नहुने पूर्वअध्यक्ष मोरको भनाइ थियो ।  

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया