केन्यामा झण्डै २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने : डब्ल्यूएफपी

 असोज १६, २०७८ शनिबार ८:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केन्यामा अबको एक/दुई महिनामा कम्तीमा २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिएको छ ।

उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेका कारण कात्तिक, मंसिरसम्ममा २४ लाख मानिसलाई जटिल खाद्यान्नको अभाव हुने भन्दै चेतावनी दिएको हो ।  पूर्वी अफ्रिकी देशहरुमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले अर्थव्यवस्थालाई धराशायी बनाएको छ ।

डिसेम्बर २०१९ मा सलहको आक्रमण तथा सन् २०२० र २०२१ मा परेको खडेरीका कारण  खाद्यान्नको आपत्कालीन अवस्थाको सामना गर्नुपरेको अवस्था आएको हो  । राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गएको महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गर्नुभएको थियो ।

त्यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका बताइन्छ । संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएफपीको प्रक्षेपण अनुसार गएको वर्षभन्दा यो वर्ष तीन गुणा बढी मानिस भोकमरीको चपेटामा पर्ने सम्भावना छ ।  गएको वर्षको कात्तिक र मंसिर महिनामा साढे आठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया