नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - चीनका ३८ वटा सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ।
चीनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेर सैनिक विमान उडाएको यो अहिलेसम्मकै ठूलो घटना भएको ताइवानले दाबी गरेको छ ।
दुई चरणमा परमाणु क्षमतायुक्त बम र जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
चिनियाँ जहाजहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि ताइवानले आफ्ना विमान उडाउनुका साथै मिसाइल प्रणाली पनि तैनाथ गरेको बीबीसीले जनाएको छ ।
चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ । तर ताइवान भने आफू स्वतन्त्र सार्वभौम देश रहेको बताउँदै आएको छ ।
ताइवानले विगत एक वर्षयता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ।
चीन सरकारले भने यसबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।