कतारमा व्यवस्थापिका सदस्य चयनका लागि पहिलो पटक मतदान

 असोज १६, २०७८ शनिबार १४:३१:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कतारमा व्यवस्थापिका सदस्य चयनका लागि पहिलो पटक मतदान भएको छ । लोकतन्त्रको अभ्यास गरिरहेको मुस्लिम देश कतारमा व्यवस्थापिकाका ४५ सिटमध्ये ३० सिटका लागि मतदान भएको समाचारसंस्था रोयटर्सले जनाएको छ । बाँकी १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था छ ।

चुनावमा भाग लिएका दुई सय ८४ उम्मेदवारमध्ये २८ जना महिला रहेका छन् । कतारले मुस्लिम शासनमा पनि महिला अधिकारका कानुन कसरी कार्यान्वयन गर्ने भन्ने कुरा आफूहरुबाट सिक्न तालिबानलाई भनेको भए पनि चुनावमा महिलाको उम्मेदवारी भने निकै कम भएको हो । लोकतन्त्रको प्रक्रिया पूरा गरेर चुनाव भएको देखिए पनि अहिलेकै शासकबाट सत्ता र शक्ति बाहिर जाने सम्भावना भने निकै कम देखिएको रोयटर्सले जनाएको छ ।

मतदान केन्द्रमा कतारका नागरिकहरू उत्साहित रुपमा सहभागी भैरहेका खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया