थाइल्यान्डले साताैं विकेटका लागि ५० रनकाे साझेदारी गरेपछि न...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् ।
ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका बीबीसीले जनाएको छ ।
राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ ।
राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रकाे रक्षाका लागि नागरिक एकजुट भएको प्रदर्शनकारीको भनाइ छ ।
ब्राजिलको रियो दि जेनेरियो लगायत १ सय ६० सहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।