शेयर बजार ५५ अङ्कभन्दा धेरैले घट्यो, नेप्से २६ सय विन्दुभन्दा तल

 असोज १७, २०७८ आइतबार १५:२२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५५ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ७७ दशमलव ४९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, होटल र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३२ कम्पनीको शेयर कारोबार भएकोमा १७ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । 

गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र रैराङ हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय ३२ कम्पनीका ८९ लाख ४८ हजार कित्ता शेयर चार अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया