उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
झापा – कृष्ण जन्माष्टमीको भोलीपल्ट झापासहित पूर्वी तराईमा दधिकाद प्रतियोगिता हर्षोउल्लासका साथ मनाईंदैछ ।
घिउ, तेल लगायतका चिप्लो पदार्थ दलिएको बाँसको टुप्पोमा राखिएको पुरस्कार झार्ने र आफूलाई अब्बल सावित गर्ने प्रतियोगिताका रुपमा खेलिने यो प्रतियोगिता सोमबार झापाका विभिन्न स्थानमा आयोजना गरिएको छ ।
दधिको अर्थ दही र कादको अर्थ हिलो हुन्छ । यस अर्थले दहिको हिलोमा खेलिने खेल नै दधिकाद हो ।
परापूर्वकालमा दहीको हिलोमा दधिकाद खेलिएको धार्मिक ग्रन्थमा उल्लेख छ तर अहिले हिलोलाई नै दही मानेर खेल्ने प्रचलन शुरु भएको मानिन्छ ।
दधिकादलाई नेपालमा विषेशत कोच समुदाय अन्तर्गत राजवंशी, ताजपुरीया, गनगाइ लगायतका जातीले झापा, मोरङ तथा सुनसरीमा भव्य रुपमा मनाउने गरेका छन् ।
कोच इतिहासकार पानिलाल राजवंशीका अनुसार पौराणिक कालमा भगवान कृष्णको जन्म भएको खुशियालीमा दहीसँग खेल्ने प्रतियोगिता गरिएको जनमानसमा विश्वास रहेको पाइन्छ । यही चलन आध्यात्मिक आस्थाका कारण कालान्तरमा दधिकाद खेलको रुपमा परिणत भयो ।
परापूर्वकालदेखि नै कोच समूदाय खेतीपाती र पशुपालनलाई नै मुख्य पेसाको रुपमा अंगालेको जाती हो ।
नयाँ वर्षको प्रारम्भ सिरुवा खेलेर गरेपछि आफ्नो खेतीपातिमा व्यस्त यो जाती हिउँदे बालीको रोपार्इं सकेर श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामसँग दधिकाद मनाउँछन् र महान पर्वहरुको सुरुवात भएको मानिन्छ ।
भगवानसँग दधिकाद दिने भाकल गर्दा आफ्नो मनोकामना पुरा हुने विश्वास मानिसमा रहेको हुँदा आफ्नो भाकल पूरा गर्न दधिकाद दिने अर्थात आयोजना गर्ने गर्दछन् ।
दधिकाद धार्मिक आस्थामा आधारित सांस्कृतिक पहिचान भएको सामाजिक पर्व हो । यस पर्वले भगवान प्रतिको श्रद्धालाई मजवुत बनाउँदै राजवंशी समुदायको लोक संस्कृतिलाई झल्काउँछ । साथै वैमनश्य, क्रोध र इश्र्याको अन्त्य गर्दै आपसी प्रेम र भाइचारालाई उजागर गर्ने गर्दछ ।
दधिकादमा विभिन्न खेलहरु खेलिन्छन् जस्तै बाँस काद, दोद्लोङ काद, कल काद, कुल्हा काद इत्यादि ।
दधिकादको विभिन्न प्रकारहरु भए पनि सामान्यतया ‘बाँस काद’ बढी प्रचलनमा रहेको पाइन्छ । अन्य खेलहरु भने अहिले लोप भइसकेका छन् ।
दधिकाद खेल अन्तर्गत खुल्ला चौरमा एउटा अग्लो बाँस गाडिन्छ । रातो कपडामा नरिवल, पान सुपारी, पैसासँगै सुन चाँदी जस्ता बहुमूल्य धातु राखेर बाँसको टुप्पामा झुन्ड्याइन्छ ।
बाँसलाई चिप्लो बनाउन घिउ, तेल जस्ता पदार्थले बाँसलाई लेपन गरिन्छ । साथै बाँसको अघिल्लो भागमा घिउ र तेल राखिन्छ जसले गर्दा बाँस जति हल्लिन्छ, त्यति नै ती पदार्थ बाँसको बाहिरी सतह हुदै तल बग्ने हँुदा बाँस चिप्लो भइरहन्छ भने तल भुर्इंमा रातो माटोको हिलो तयार गरिन्छ जसमा प्रतिकात्मक रुपमा थोरै दही हाल्नु पर्दछ ।
यसरी तयार भएको काद ( हिलो ) र चिप्लो बाँसमा राखिएको प्रसाद र पुरस्कार जित्न प्रतिस्पर्धीहरुलाई पन्छाएर शरीरको सन्तुलन नै कायम गर्न कठिन हुने हिलो र चिप्लो बाँससँग संघर्ष गर्दै बाँसको टुप्पोसम्म उक्लेर प्रसाद र पुरस्कार हात पार्नु पर्ने हुन्छ ।
प्रतिस्पर्धीहरु एक अर्कालाई उछिन्ने क्रममा हिलोमा लडिबडी गर्दा दर्शकहरुलाई भरपूर मनोरञ्जन पनि हुने गर्दछ । अन्तत यसरी एक विजेताले ग्रहण गर्ने प्रसाद र पुरस्कार पुन ः घरको ठाकुरबारीमा (कुलदेवतालाई) चढाइन्छ ।
पुरस्कार झार्न सफल व्यक्तिलाई त्यस पोकामा रहेको रकम, प्रसाद तथा सुनचाँदी पुरस्कारस्वरुप प्रदान गरिन्छ ।
प्रारम्भमा भगवान कृष्णको जन्मको खुशियालीमा गाउँगाउँमा मनाइने दधिकाद पछिल्लो समयमा आएर यस पर्वको महत्व घट्दै गइरहेको राजवंशी भाषा, संस्कृति एवम् इतिहासका जानकार फुलसिंह राजवंशीको बुझाई छ ।
उहाका अनुसार विश्वमा नै मौलिक सांकृतिक पहिचान बोकेको दधिकादको महत्व अत्यन्त धेरै छ । आधुनिकीकरण र नयाँ पुस्तामा पश्चिमी र अन्य संस्कृतिप्रतिको बढ्दो मोहले नै दधिकादको रौनकतामा कमी आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।