पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – हप्ताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । हिजो आइतवार ५५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साेमवार ६ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ७० दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज होटल, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूहको शेयर बढे पनि अरू सबै समूहको शेयर घटेको छ । जलविद्युत् समूहको शेयर ६५ अङ्कले, फाइनान्सको ५२, विकास बैंक समूहको ८६ र व्यापार समूहको शेयर २० अङ्कले घटेको छ ।
आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आशा लघुवित्त, सपोर्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज दुई सय २७ वटा कम्पनीका ७६ लाख ५३ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।