जापानमा आमचुनावका लागि तयारी सुरु

 असोज १९, २०७८ मंगलबार ७:१२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानमा आमचुनावको तयारी सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थाल्नुभएको हो ।

देशको १०० औं प्रधानमन्त्रीमा नियुक्त भएपछि किशिदाले चुनावको मिति घोषणा गर्ने तयारी थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले यही अक्टोबर ३१ का दिन चुनाव गर्नेगरी तयारी थाल्नुभएको छ ।

जापानको प्रतिनिधि सभाको अवधि यही अक्टोबर २१ देखि सकिँदैछ । प्रधानमन्त्री किशिदाले अक्टोबर १४ तारिखमा तल्लो सदन विघटन गर्ने योजना बनाएको खबरमा उल्लेख छ । गएको हप्ता सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व सम्हाल्नुभएको किशिदालाई हिजो संसदमा भएको मतदानले प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया