जलवायुसम्बन्धी खाेज गर्ने तीन जना वैज्ञानिकलाई भौतिक विज्ञानतर्फकाे नोबेल पुरस्कार

 असोज १९, २०७८ मंगलबार १७:४४:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भौतिक विज्ञानतर्फकाे नोबेल पुरस्कार वैज्ञानिकहरू स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीले प्राप्त गरेका छन् ।

स्विडेनको स्टकहोममा नोबेल एसेम्बलीले तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा भाैतिक विज्ञानतर्फकाे पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न उनीहरूले गरेका खोजका लागि सन् २०२१ को नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

९० वर्षका मानाबे र ८९ वर्षका हसलम्यानले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानबारे संयुक्त खोज गरेका थिए । ७३ वर्षका वैज्ञानिक पारिसीले परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको खोज गर्नुभएको हो ।

मानाबे र हसलम्यानलाई पुरस्कारको आधा रकम र पारिसीलाई आधा रकम दिने नोबेल एसेम्बलीले जनाएको छ । नोबेल पुरस्कार विश्वको सर्वाधिक प्रतिष्ठित र सबैभन्दा बढी धनराशि भएको पुरस्कार हो । 

गएकाे वर्ष भाैतिक विज्ञानतर्फकाे नाेबेल पुरस्कार अमेरिकी वैज्ञानिक आन्ड्रेया घेज, बेलातयका राेजर पेनराेज र जर्मनीका रिनार्ड गेनजेललाई दिइएकाे थियाे । यी तीन वैज्ञानिकलाई ब्ल्याक हाेल्सकाे बारेमा अध्ययन गरेकाेमा यस पुरस्कारबाट सम्मानित गरिएकाे थियाे । याे पुरस्कार पाउनेलाई एक स्वर्ण पदकसहित १ दशमलव १ मिलियन अमेरिकी डलर दिइन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया