धिताेपत्र बाेर्डका अध्यक्ष ढुंगाना बर्खास्त

 असोज २०, २०७८ बुधबार ७:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेकाे छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बाेर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेकाे हाे । 

सर्वाेत्तम सिमेन्टकाे शेयर विवादमा मुछिएका ढुंगानालाई न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पदबाट बर्खास्त गरेकाे हाे । बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर ढुङ्गानाले आफ्नै छोरीका नाममा लिएकाे समाचार बाहिरिएकाे थियाे । 

यही विषयमा छानबिन गर्न गएकाे महिनाकाे मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति बनाएकाे थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया