नियमानुसार सञ्चालन नभएका न्यूरोडका ५ पसललाई जरिबाना

 असोज २०, २०७८ बुधबार १७:१५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डाै न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो ।

कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५/२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो । निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरुमा भने मुख्य व्यापारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न र व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् भन्दै प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया