रसायनशास्त्रको नोबेल पुरस्कार बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनलाई

 असोज २०, २०७८ बुधबार १८:३४:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – याे वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड म्याकमिलनलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । नोबेल पुरस्कार कमिटीले अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उहाँहरुलाई रसायनशास्त्रतर्फकाे नोबेल पुरस्कार दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

उहाँहरुको खाेज औषधि क्षेत्रमा अनुसन्धानको लागि महत्वपूर्ण रहेको कमिटिको भनाइ छ । लिस्ट जर्मनीको म्याक्स प्ल्यांक विश्वविद्यालयका निर्देशक र म्याकमिलन अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर हुनुहुन्छ । 

यस अघि चिकित्सा विज्ञान र भौतिक विज्ञानको नोबेल पुरस्कार घोषणा भइसकेको छ । अब भोलि साहित्यतर्फको नोबेल पुरस्कार, पर्सि नोबेल शान्ति पुरस्कार र आउँदो शनिबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गर्ने कार्यक्रम छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया