रुसले वार्ताका लागि तालिबानलाई निम्ताे दियाे

 असोज २१, २०७८ बिहिबार १९:२८:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसले अफगानिस्तान कब्जा गरेको तालिबानलाई अन्तर्राष्ट्रियस्तरको वार्ताका लागि निम्तो दिएको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यही अक्टोबर २० तारिखमा तालिबानलाई वार्ताका लागि राजधानी मस्कोमा निमन्त्रणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

अफगानिस्तानमा रहेका पुटिनका विशेष प्रतिनिधि जमिर काबुलोभले तालिबानले अफगानिस्तान कब्जा गरेपछि उसको भूमिका बढेको र अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने सन्देश दिन वार्ताको आह्वान भएको बताउनुभएको खबरमा उल्लेख छ ।

गएको मार्च महिनामा पनि अफगानिस्तानको बारेमा रुसले अमेरिका, चीन र पाकिस्तानसहितका देशको सहभागितामा एक सम्मेलन गरेको थियो ।

तालिबानले सत्ता कब्जा गरेपछि पूर्वी सोभियत गढहरूमा इस्लामिक आतङ्कवादी गतिविधि बढ्न सक्ने भन्दै रुसले चिन्ता व्यक्त गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया