फाइजरले माग्याे ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने अनुमति

 असोज २२, २०७८ शुक्रबार ८:४८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको छ ।

खोप निर्माता कम्पनी फाइजरले आफूले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि उत्पादन गरेको खोप प्रभावकारी रहेको दाबी गर्दै आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए)सँग अनुमति मागेको हो ।

फाइजरका वरिष्ठ उपाध्यक्ष डाक्टर बिल ग्रबरले दोस्रो डोज खोप लगाइसकेपछि पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकामा कोरोनासँग लड्न सक्ने एन्टीबडीको विकास भएको बताउनुभएको छ । उहाँले खोप सुरक्षित भएको दाबी समेत गर्नुभएको छ ।

यो भन्दा पहिला उत्पादन गरेको फाइजरको जर्मन बायोएनटेकसँग मिलेर बनाएको खोप १२ वर्षमाथि उमेर समूहका लागि प्रभावकारी देखिएको छ । अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए) को सल्लाहकार समितिले ६५ वर्षभन्दा धेरै उमेर समूहकालाई फाइजरको बुस्टर डोज लगाउन पनि यो भन्दा अगाडि नै मञ्जुरी दिएको थियाे।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया