अफगानिस्तानकाे मस्जिदमा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको ज्यान गयो

 असोज २२, २०७८ शुक्रबार १९:२९:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । आक्रमणमा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मा लिएको छैन । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले शिया धर्मावलम्बीको मस्जिदमा विस्फोट भएको बताउनुभएको छ ।

अहिले घटनास्थलमा सुरक्षा बलले घेरा हालेर अनुसन्धान सुरु गरेको छ । गएको अगस्टमा तालिबान समूहले अफगानिस्तान कब्जा गरेपछि सुरक्षा अवस्था कमजोर बनेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया