कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण

 असोज २३, २०७८ शनिबार ७:२०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

कोरोना भाइरस सङ्क्रमण भएर  रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने गरेको नयाँ अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको छ  ।

फ्रान्सको पेरिस विश्वविद्यालयले कोरोना पछि यस्ता समस्या भएका ५० जना किशोरकिशोरी र बालबालिकामा अध्ययन गरेको थियो । छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोज’ अर्थात ‘कोभिड औँलो' नामाकरण गरेका छन् ।

अमेरिकाको नर्थवेस्टन युनिभर्सिटीको छालारोग विभागका डाक्टर एकडा एमी पालेरले भाइरस शरीरमा प्रवेश गरेपछि छालाले प्रतिक्रिया देखाउनु स्वाभाविक भएको बताउनुभएको छ । इटलीमा कोरोना सङ्क्रमित बालबालिका र किशोरकिशोरीमध्ये २० प्रतिशतमा यस्तो समस्या देखिएको रिपोर्ट नै सार्वजनिक भएको थियो ।

त्योबाहेक विभिन्न देशका बालबालिका र किशोर किशोरीमा पनि यस्तो समस्या देखिएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया