जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

 असोज २३, २०७८ शनिबार १५:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।

बोर्डको बैठकपछि लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको झण्डै १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजीवृद्धि स्वीकृत गरेको जानकारी दिनुभयो ।

लगानी स्वीकृत भएको जुम खोला जलविद्युत् आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमार्णाधीन छ । माथिल्लो कर्णाली जलविद्युतबारे आवश्यक अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय भएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया