महामारीमा सेलाएको 'फेशन इण्डस्ट्री' बिस्तारै चलायमान हुँदै

 असोज २३, २०७८ शनिबार १७:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेशन इण्डस्ट्री बिस्तारै चलायमान हुन थालेको छ । विगत दुई वर्ष यता कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेशन इण्डस्ट्री विस्तारै पनः चलायमान हुन थालेको हो ।

इण्डस्ट्रीलाई चलायमान बनाउन शनिबार काठमाण्डाैमा आईसी कलेजले आर्ट एण्ड फेशनको १० औँ संस्करणको अडिशन राउण्ड शुरु गरेको छ । कार्यक्रममा आयोजक रवि धमलाले नदेखिने गरी ठूलो क्षति भएको क्षेत्र नै फेसन इण्डस्ट्री भएको बताउनुभयो । उहाँले २ वर्षमा कुनैपनि फेशनका गतिविधिहरु गर्न नपाएको गुनासो राख्दै इण्डस्ट्रीलाई चलायमान बनाउन बिस्तारै भएपनि शुरु गरेको बताउनुभयो ।

उहाँले नेपाली र पश्चिमेली संसकृतिसँग सम्बन्धित 'ड्रेस शो' गरिने बताउनुभयो । फेशनमा नेपालमा बजार राम्रो रहेको बताउँदै उहाँले सरकारले नेपाली कला, संस्कृतिलाई विश्वमा विस्तार गर्नको लागि पहल गर्नुपर्ने बताउनुभयो । फेशनमा नेपालको अबको बजार राम्रो रहेको बताउँदै उहाँले सरकारले नेपाली कला, संस्कृतिलाई विश्वमा विस्तार गर्नको लागि पहल नभएको गुनासो गर्नुभयो ।

त्यस्तै आईसी कलेजकी म्यानेजिङ डाइरेक्टर शैलजा अधिकारीले डिजाइनिङ शोका लागि ३० जना मोडल चाहिने र सहजै पाउने बताउनुभयो । उहाँले ग्रेजुएशन शोमा सोचेभन्दा पनि धेरै मोडलहरु आएको बताउँदै २०१८ को ब्याचको ग्रेजुएशन शो भएको बताउनुभयो ।​

अडिशन राउण्डमा ३०० भन्दा बढी मोडलहरुको सहभागी थियो भने ७३ जना बढी डिजाइनरहरुले आफ्नो डिजाइन प्रश्तुत गरेका छन् । शोको फाइनल आगामी १८ डिसेम्बरमा हुनेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया