विश्वभर उर्जा सङ्कट बढ्दै : युरोपमा कोइला र प्राकृतिक ग्याँसबाट चल्ने कयौँ कम्पनी बन्द

 असोज २५, २०७८ सोमबार ९:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वभर उर्जा सङ्कट बढ्दै गएको छ । कतै प्राकृतिक ग्याँस र कतै कोइलाको कमीका कारण विश्वभर उर्जा सङ्कट गहिरिँदै गएको बीबीसीले जनाएको छ ।

भारत लगायत युरोपका कतिपय देशमा सञ्चालित पावर प्लान्टमा कोइलाको आपूर्ति कम भएको खबरहरु सार्वजनिक हुने गरेका छन् । उनीहरुले बिजुलीको उत्पादन बढाएर कोइलाको खपत घटाउने तयारीमा जुटेका छन् । यस्तै प्राकृतिक ग्याँसको आपूर्ति पनि एउटा ठूलो चुनौती बन्दै गएको छ ।

एकातिर प्राकृतिक ग्याँसको आपूर्ति पर्याप्त छैन भने अर्कोतर्फ यसको माग बढ्दै गएको छ । युरोपियन देशहरु झन् यो समयमा प्राकृतिक ग्याँसको ठूलो सङ्कट भोगिरहेका खबरमा उल्लेख छ ।  माग अनुसारको प्राकृतिक ग्याँसको आपूर्ति हुन सकिरहेको छैन ।

चिसो मौसम सुरु भएपछि माग झनै बढ्ने गरेको छ ।  मागअनुसारको आपूर्ति नहुँदा निम्न र  मध्यम आय भएका मानिस बढी समस्यामा पर्ने गरेका छन् ।  एक रिपोर्टका अनुसार बेलायतमा १० लाखभन्दा धेरै परिवार आउने वर्षको सुरुवातमा बिजुली वा अन्य उर्जाको प्रयोग गर्न असक्षम हुने जनाइएको छ ।

उर्जा  महँगाे हुनु मुख्य कारण रहेको जनाइएको छ । बेलायत लगायतका युरोपका कतिपय देशमा  पछिल्लो समय कोइला र प्राकृतिक ग्याँसबाट चल्ने कयौँ कम्पनी बन्द भएका छन् । युरोपियन देशहरु ४३ प्रतिशत प्राकृतिक ग्याँसको आपूर्तिका लागि रुसमा निर्भर छन्  । अहिले रुसमा समेत आपूर्ति कम भएकाले समस्या झन् थपिँदै गएको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया