पाकिस्तानी परमाणु बमका पिता भनेर चिनिने एक्यू खानको निधन

 असोज २५, २०७८ सोमबार १२:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानी परमाणु बमका पिता मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना भए पछि अस्पताल भर्ना भएका खानको उपचारको क्रममा निधन भएको  बीबीसीले जनाएको छ ।  पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उहाँलाई  राष्ट्रिय नायक मानिन्छ । तर उहाँमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लाग्ने गरेको छ ।

प्रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताउनुभएको छ । एक्यू खानका नामले चिनिने उहाँले इस्लामाबादनजिकै कहुटामा पाकिस्तानको पहिलो परमाणु केन्द्र स्थापना गर्न प्रमुख भूमिका खेल्नुभएको थियो ।  सन् १९९८ मा पाकिस्तानले पहिलो परमाणु परीक्षण गरेको थियो ।

 सन् २००४ मा उहाँलाई इरान, लिबिया र उत्तर कोरियालाई गैरकानुनी रूपमा परमाणु प्रविधिबारे जानकारी दिएको आरोपमा पक्राउ समेत  गरिएको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया