शेयर बजार आज पनि घट्यो, तीन अर्ब ६३ करोड रुपैयाँको कारोबार

 असोज २५, २०७८ सोमबार १५:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो आइतवार १८ अङ्कले घटेको नेप्से आज साेमवार २३ दशमलव १९ अङ्कले घटेर दुई हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज लगानी र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, बीमा, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज महालक्ष्मी विकास बैंक र रैराङ हाइड्रो कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत स्किमको शेयर झन्डै १० प्रतिशत र सानिमा लाइफ इन्स्याेरेन्सको शेयर आठ प्रतिशतले बढेको छ ।

आझ दुई सय १९ कम्पनीका ९३ लाख १४ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया