यस वर्षकाे अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

 असोज २५, २०७८ सोमबार १७:९:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्यानडाका डेभिड कार्ड, अमेरिकी नागरिक जोशुआ एङ्ग्रिस्ट र नेदरल्यान्ड मूलका अमेरिकी नागरिक गिडो इम्बेन्सलाई दिइने भएको छ ।   

इकोनमिक साइन्सेसका लागि दिइने यस पुरस्कारलाई स्वेरिग्स रिक्सबैंक प्राइज पनि भनिन्छ । 

आर्थिक नीति र अन्य घटनाहरू कसरी जाेडिन्छ भनेर सम्झाउनका लागि 'प्राकृतिक प्रयाेग' काे उपयाेग गरेकाले यी तीन अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार दिइने भएकाे हाे ।   

श्रम अर्थशास्त्रमा याेगदानका लागि डेभिड कार्डलाई सम्मान मिलेकाे हाे, जाेशुआ एङ्ग्रिस्ट र गुइडाे इम्बेन्सलाई प्राकृतिक प्रयाेगबाट कारण र प्रभावकाे बारेमा सटिक निष्कर्ष निकालेका कारण पुरस्कृत गरिएकाे हाे । 

१० मिलियन स्विडिश क्राेन्स राशिकाे पुरस्कारको एक हिस्सा डेभिड कार्डलाई दिइने छ भने दोस्रो हिस्सा जोशुआ एङ्ग्रिस्ट र गिडो इम्बेन्समा बाँडिनेछ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया