जम्मु–कश्मीरमा विद्रोही  समूहको आक्रमणमा परि पाँच जना भारतीय सैनिकको ज्यान गयो

 असोज २६, २०७८ मंगलबार ७:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जम्मु–कश्मीरमा विद्रोही  समूहको आक्रमणमा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ ।

जम्मु–कश्मीरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतङ्कवाद विरोधी अभियानका क्रममा विद्रोही समूहले गरेको आक्रमणमा परि सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पञ्जाबका राज्यका छन् ।

पञ्जाब मुख्यमन्त्री चरणजित सिंह चन्नीले आफ्नो राज्यका ज्यान गुमाएका दुई जनाका  परिवारलाई ५० लाख रुपैयाँ र  दुवै परिवारका एक/ एक  जनालाई सरकारी जागिर दिने घोषणा गर्नुभएको छ ।  गएको हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले  पुन्छमा कारबाही अभियानलाई तीव्र पारेको थियो ।

मुठभेड पछि पनि अप्रेसन चलिरहेको भारतीय सेनाले जनाएको छ ।  
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया