'अजेय सेना' बनाउने उत्तर काेरियाली नेता किम जाेङकाे प्रण

 असोज २६, २०७८ मंगलबार १४:५८:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकाको शत्रुतापूर्ण नीतिविरुद्ध कसैले पनि पराजित गर्न नसक्ने 'अजेय सेना' बनाउने प्रण गर्नुभएको छ । 

किम जोङ उनले हतियारको विकास युद्ध सुरु गर्न नभइ आत्म सुरक्षाका लागि भएको बताउनुभएको उत्तर कोरियाली सरकारी मिडियाहरूले बताएका छन् । 

विभिन्न ठूलाठूला क्षेप्यास्त्रहरू राखेर आयोजना गरिएको एक दुर्लभ प्रकारको सुरक्षा प्रदर्शनीका बेला किम जोङ उनको यस्तो टिप्पणी आएको हो । 

उत्तर कोरियाले भर्खरै मात्रै 'हाइपरसोनिक' र विमानभेदी क्षेप्यास्त्र भएको दाबी गरिएका हतियारको परीक्षण गरेको थियो । 

उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको सेल्फ डिफेन्स आत्म सुरक्षसम्बन्धी २०२१ को प्रदर्शनीमा सम्बोधन गर्दै किम जोङले छिमेकी देश दक्षिण कोरियासँग लडाइँ गर्न नचाहेको बताउनुभएको छ ।
‘हामी कसैसँग युद्धको चर्चा गरिरहेका छैनौँ, खासमा युद्ध रोक्नका लागि यस्तो गरिरहेका छौँ । आफ्नो देशको सम्प्रभुताको रक्षाका लागि हामी यस्तो गरिरहेका छौँ’, उहाँले भन्नुभयो । 

सम्बोधनका क्रममा किम जोङ उनले उत्तर र दक्षिण कोरियाबीचको तनाव बढाउन भूमिका खेलेको भन्दै अमेरिकाको आलोचना गर्नुभयो । 

उहाँले उत्तर कोरियाप्रति अमेरिकाको व्यवहार 'शत्रुतापूर्ण' रहेको बताउनुभयो । 

जो बाइडेन नेतृत्वको अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न चाहेको पटक पटक भन्दै आएको छ तर प्रतिबन्ध खुकुलो गरिनुअघि उत्तर कोरियाले आणविक हतियार त्याग्नुपर्ने बताएको छ । उत्तर कोरियाले यो सर्तको अस्वीकार गर्दै आएको छ ।

संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामाथि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले प्रतिबन्ध उल्लङ्घन गर्दै आएका कारण उविरुद्ध विभिन्न किसिमका नाकाबन्दी लगाइएको छ ।

यसबारेमा राष्ट्र सङ्घीय एटोमिक एजेन्सीले चिन्ता व्यक्त गरेको थियो । उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि हतियार विकास गर्न आवश्यक रहेको बताउँदै आएको छ ।  

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया