महिला, बालिकाको अधिकार पालना गर्ने वाचा पूरा गर्न तालिबानलाई आग्रह

 असोज २६, २०७८ मंगलबार १६:२६:५९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरूको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गर्नुभएकाे छ ।

महासचिव गुटेरेसले भन्नुभएकाे छ, ‘तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा - अफगान नागरिक - महिला, बालबालिका, अल्पसङ्ख्यक समुदाय, पूर्व सरकारी कर्मचारीलगायतकाे अधिकारको रक्षा गर्ने वाचा गरेका छन्, त्यो पूरा हुनुपर्छ ।’

महासचिव गुटेरेसले तालिबानलाई महिला र बालिकाहरूसँग आफ्नो प्रतिज्ञा पूरा गर्नु अपिल गर्नुभएकाे छ । उहाँले अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न पनि जाेड दिनुभएकाे छ ।  

तालिबानले नागरिक अधिकारको रक्षा नगरे अन्तर्राष्ट्रिय प्रतिबन्ध थपिने चिन्ता बढेको महासचिव गुटरेसको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया