प्रतिबन्ध लगाएर दबाब नदिन अमेरिका र युरोपेली देशलाई तालिबान सरकारको चेतावनी

 असोज २७, २०७८ बुधबार १६:२८:४९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अफगानिस्तानको नयाँ तालिबान सरकारले प्रतिबन्धको माध्यमबाट दबाब नदिन अमेरिका र युरोपेली देशलाई चेतावनी दिएको छ । 

कतारको दोहामा अमेरिका र युरोपेली देशका राजदूतहरूसँग अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री अमीर खान मुत्ताकीले तालिबान सरकारलाई कमजोर पार्नु कसैको हितमा नरहेको भन्दै अफगानिस्तानमा दिइने दबाबले  विश्वका कैयौँ देशलाई प्रत्यक्ष असर पार्ने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

विभिन्न बहानामा अफगानिस्तानलाई दिइने दबाबले सुरक्षालाई कमजोर बनाउने र शरर्णाथीको अवस्था झनै दयनीय हुने तालिबानले जनाएको छ । कार्यवाहक विदेश मन्त्री मुत्ताकीले प्रतिबन्धहरू अन्त्य गर्न र बैंकहरूलाई सामान्य रूपमा सञ्चालन गर्न विभिन्न देशसँग आग्रह पनि गर्नुभएको छ । 

बैंकका रकम फुकुवा नगरिदिँदा परोपकारी संस्थाले सहायता वितरण गर्न नपाएको, सरकारले कर्मचारीहरूलाई तलब दिन नसक्ने अवस्था रहेको लगायतका समस्या देखिएको तालिबान सरकारको भनाइ छ । 

अमेरिका र युरोपेली देशले भने आफूहरू तालिबान सरकारलाई प्रत्यक्ष सहयोग गर्न तयार रहेको तर त्यसका लागि महिला तथा बालिकाको अधिकार र समग्र मानव अधिकारको 'ग्यारेन्टी' हुनुपर्ने बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया