मालीमा शान्ति सम्झौता, संयुक्त राष्ट्रसङ्घद्वारा  स्वागत

 असोज २८, २०७८ बिहिबार ८:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मालीले गरेको शान्ति सम्झौताको संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ ।

माली सरकारले त्यहाँका पूर्व लडाकुहरुमध्ये १३ हजार जनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुनर्स्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्ने गरी सम्झौता गरेका छन् । त्यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन् ।

शान्ति सम्झौता र पछिल्लो समयमा यस बमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले स्वागत गर्नुभएको हो । महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि यो सम्झौता बमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गर्नुभएको प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

मालीमा लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । विद्रोहका कारण कयौँ मानिसको ज्यान पनि गएको छ ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया