जापानमा आम चुनावका लागि प्रतिनिधि सभा विघटन

 असोज २८, २०७८ बिहिबार १४:३१:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानका प्रधानमन्त्रीले आगामी आम चुनावका लागि यहाँको संसद्को तल्लो सदन, प्रतिनिधि सभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरूले याे कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले आज बिहीवार बसेको संसद्को बैठकलगत्तै संसद् विघटन भएको बताएका हुन् ।

यहाँ आउँदाे अक्टोबर ३१ तारिखमा संसदीय चुनाव हुने भएको छ । यहाँको प्रतिनिधि सभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा चुनावकाे तयारी थालिएको छ । 

सत्तारुढ एलडीपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको चुनाव जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यसलगत्तै उहाँले अर्को आम चुनावकाे तयारी थाल्नुभएको थियो ।  

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उहाँले आफूले तुरुन्तै नयाँ चुनावकाे तयारी थाल्ने बताउनुभएको थियो । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याउनुभएको छ ।

उहाँले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आम चुनावमा नागरिकको सहयोगको अपेक्षा गर्नुभएको छ । उहाँले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदातासँग आग्रह पनि गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया