ताइवानमा १३ तले भवनमा आगलागी हुँदा ४६ जनाकाे ज्यान गयाे

 असोज २८, २०७८ बिहिबार १६:४६:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – दक्षिणी ताइवानमा एक भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको ज्यान गएको छ । काउशुङ्ग सहरमा १३ तले भवनको माथिल्लो तालमा फ्ल्याटमा रहेका मानिसहरू फसेका थिए । 

फायर ब्रिगेड (दमकल दल) का अनुसार तल्लो तलामा उपयोगमा नआउने सामान थुपारिएको हुँदा उद्धार कार्यमा समस्या आइरहेको थियो । आगो निभाउन चार घण्टाभन्दा धेरै समय लाग्यो । 

७९ जनालाई अस्पताल पुर्‍याइएकाे दमकल दलले बीबीसीलाई बताएका छन् । त्यस भवनमा एक सय जनाभन्दा धेरै मानिस बस्दै आएकामा धेरैजसो वृद्ध र अशक्त रहेका बताइएको छ । 

आगलागीको कारणबारे अझै थाहा भएको छैन । त्यस भवनमा रहनेहरूले एक विस्फोटको आवाज सुनेको बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया