लेबननको राजधानी बेइरुतमा भएको गोली हानाहानमा कम्तीमा ६ जनाको ज्यान गयो

 असोज २९, २०७८ शुक्रबार ७:४३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लेबननको राजधानी बेइरुतमा प्रदर्शनका क्रममा भएको गोली हानाहानमा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३२ जना घाइते भएका छन् ।

शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीश तारेक बितारविरुद्ध गरेको प्रदर्शनका क्रममा एक्कासी गोली हानाहान भएको बीबीसीले जनाएको छ । न्यायाधीश बितारले गएकाे वर्ष तटीय सहरमा दुई सय १९ जनाको ज्यान जाने गरी भएको ठूलो विस्फोटन हेजबोल्लाह र आमलले गराएको बताएपछि हिंसा चर्किएको हो ।  

हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश पूर्वाग्रही भएको दाबी गरेका छन् । हिजो अदालतको मुख्य भवन प्यालेस अफ जस्टिस बाहिर सयौँ मानिसहरूले न्यायाधीशलाई हटाउन माग गर्दै प्रदर्शन सुरु गरेका थिए। उनीहरूले अनुसन्धानलाई राजनीतिकरण गरिएको तर्क गर्दै न्यायाधीश तारेक बितारलाई हटाउन माग गरेका छन् ।

गोली प्रहारको घटनालाई लिएर लेबननका प्रधानमन्त्री नजिब मिकाटीले आज देशव्यापी शोकको घोषणा गर्नुभएको छ । उहाँले कारण जे सुकै भए पनि विद्रोही आचरण नदेखाउन र संयम रहन सबैलाई आग्रह गर्नुभएको छ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया