अफगानिस्तान : मस्जिदमा भएकाे बम विस्फाेटमा कम्तीमा १६ जनाको ज्यान गयाे, ३२ घाइते

 असोज २९, २०७८ शुक्रबार १६:९:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानकाे एक मस्जिदमा भएकाे बम विस्फाेटमा परेर १६ जनाको ज्यान गएको छ भने ३२ बढी घाइते भएका छन् । बीबीसीले जनाएअनुसार कान्दहारको इमान बरगाह मस्जिदमा बम विस्फोट भएको हो । शुक्रबार प्रार्थनामा सहभागी भएकाहरुलाई लक्षित गरि विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ ।

विस्फोटको कारण अहिले प्रष्ट नभए पनि आत्मघाती हमला हुनसक्ने बीबीसीले जनाएको छ । हमलामा परि घाइते भएका हरुलाई स्थानीय मिरवाइस अस्पताल लगिएको छ । अफगानिस्तानमा रहेका बीबीसी सम्वाददाता सिकन्दर किरमानीले स्लामिक स्टेट अन्तर्गतकै स्थानीयस्तरको आईएस केले गरेको हमला हुनसक्ने बताउनुभएको छ ।

अघिल्लो शुक्रबार पनि कुन्दाज प्रान्तको उत्तरी सहरमा यस्तै हमला भएकाे थियाे । त्यहाँकाे सिया मस्जिदमा भएको आत्मघाती बम हमलामा पार्थनामा सहभागी ५० जनाको ज्यान गएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया