अफगानिस्तानमा बम विस्फोट : ज्यान गुमाउनेकाे सङ्ख्या ३० पुग्याे, ९० घाइते

 असोज २९, २०७८ शुक्रबार १८:३१:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको कान्दहार शहरमा रहेको एउटा शिया मस्जिदमा बम विस्फोटमा परि ज्यान गुमाउनेकाे सङ्ख्या ३० पुगेको छ । ९० जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

शुक्रबार मस्जिदकाे साप्ताहिक प्रार्थना भइरहेका बेला विस्फोट भएको खबरमा उल्लेख छ । इमाम बारगाह मस्जिदमा विस्फोट भएको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती आक्रमणकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ ।

यस अघिल्लो शुक्रबार पनि कुन्दाज प्रान्तको उत्तरी सहरमा यस्तै हमला भएकाे थियाे । त्यहाँकाे सिया मस्जिदमा भएको आत्मघाती बम हमलामा पार्थनामा सहभागी ५० जनाको ज्यान गएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया