बंगलादेश : मन्दिरमा आक्रमणपछि देशभर हिंसा, संयम रहन प्रधानमन्त्री हसिनाको आग्रह

 असोज ३०, २०७८ शनिबार १४:४३:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बंगलादेशमा दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि देशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र आज ढाकामा थप एकजनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरमा उल्लेख छ । यस्तै कयाैँ गाडीमा तोडफोड र आगजनी भएका छन् । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएका र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतसँग झुक्दै गएको आरोप लगाएका छन् ।

गएको बुधबार एक दुर्गा पूजा समारोहमा कुरानको अपमान भएको हल्ला समाजिक सञ्जालमार्फत फैलिएपछि हिंसा सुरु भएको बीबीसीले जनाएको छ । बुधबार नै ४ जनाको ज्यान गइसकेको थियो । हिंसा फैलिएपछि गृह मन्त्रालयले २२ वटा जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रधानमन्त्री हसिनाले घटनामा संलग्नलाई कारबाही हुने बताउनुभएको छ । उहाँले संयमितता अपनाउन पनि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया