‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसिप २०२१’ खेल्दै हिमचितुवा घिमिरे

 असोज ३०, २०७८ शनिबार २०:२६:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले (हिमचितुवा) ‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसिप २०२१’खेल्ने भएका छन् । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने  ४९ औँ संस्करणको सो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङमा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिस्पर्धा खेलिसकेका  अनुभवी खेलाडी हुन् । विश्वका चर्चित  बक्सरहरु मात्र यस प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

आज सामाजिक सञ्जालमा आयोजक संस्था सिमुरा डोजोले प्रतियोगितामा बक्सरद्वय घिमिरे र फुजीमुरा बीचमा हुने खेलको अन्तिम तयारी पुरा भएको   जनाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका छाेरा अविरलले कोरोना कहरका बीचमा यस प्रतियागिताका लागि  बुवाकै विशेष प्रशिक्षणमा तयारी पूरा गरेका छन्  ।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गएकाे चैतमा जापानको टोकियो शहरमा  सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो । उहाँले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए ।   यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा  जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया