एनआरएनएको कार्यकाल ६ महिना थपियो

 असोज ३१, २०७८ आइतबार १६:२५:१८ | रासस
unn.prixa.net

काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । एनआरएनएको हिजाे शनिवार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।

एनआरएनएको यथाशीघ्र ६ महिनाभित्र अधिवेशन गर्ने गरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो । विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै ६ महिना अवधि थप्न सकिने व्यवस्था छ । 

बैठकले एनआरएनएको १० औँ महाधिवेशन तथा चुनावकाे वातावरण बनाउने जिम्मा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र अध्यक्ष पन्तलाई जिम्मा दिइएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।
 
एनआरएनएको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संस्थाको चुनावसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो । मन्त्रालयको पत्र बमोजिम २३ देखि २५ अक्टोबरका लागि तय गरिएको १० औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो । 

बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासो सम्बोधन गर्न एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ । एनआरएनएको अध्यक्ष पदका लागि कूल आचार्य, रविना थापा र डा. बद्री केसीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।  

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया