श्रीलङ्काले इन्धन खरिद गर्न भारतसँग माग्याे ५०० मिलियन डलर ऋण

 असोज ३१, २०७८ आइतबार १७:४३:९ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – श्रीलङ्काले गम्भीर विदेशी मुद्रा सङ्कटका बीच कच्चा तेल खरिदको लागि तिर्न भारतसँग ५०० मिलियन अमेरिकी डलरको ऋण मागेको छ ।

श्रीलङ्काका ऊर्जा मन्त्री उदय गम्मनपिलाले देशमा इन्धनको वर्तमान उपलब्धताको ग्यारेन्टी आउँदो जनवरीसम्म मात्रै दिन सकिने चेतावनी दिएको केही दिनपछि यो कदम आएको हो ।

भारत, पाकिस्तानमा जस्तै श्रीलङ्कामा पनि पेट्रोल र डिजलको मूल्य अस्वाभाविक रूपमा बढाइएको छ । यद्यपि पेट्रोल र डिजलमा मूल्य वृद्धि लगातार जारी छ र करको मारका कारण इन्धनको मूल्य बढिरहेको छ । 

श्रीलङ्का सरकारद्वारा सञ्चालित सिलोन पेट्रोलियम कर्पाेरेशन (सीपीसी) ले प्रमुख सरकारी बैंक– बैंक अफ सिलोन र पिपुल्स बैंकलाई तीन दशमलव तीन बिलियन अमेरिकी डलर तिर्न बाँकी छ । 

राज्यका तेल वितरकहरू मध्य–पूर्वमा देशहरूबाट कच्चा तेल र सिङ्गापुरलगायत अन्य क्षेत्रहरूबाट परिष्कृत उत्पादनहरू आयात गर्दछन् । 

विश्वव्यापी रूपमा तेलको मूल्य बढ्दा श्रीलङ्का यस वर्ष तेल आयातमा धेरै खर्च गर्न बाध्य भएको छ । गएको वर्षको तुलनामा यस वर्षको पहिलो सात महिनामा श्रीलङ्काले तेल खरिदमा खर्चिएको रकम ४१ दशमलव ५ प्रतिशतले बढेर दुई बिलियन डलर पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया